बाँके : नेपालगन्ज उपमहानगरपालिका–१८, भुजई गाउँमा रहेको केएलदुगड ग्रुपको गोदाममा भिषण आगलागी भएको छ। केहिबेर अघि लागेको आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अग्नी नियन्त्रक टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।
नेपालगन्ज र कोहलपुरको दुई वटा दमकल पनि आगो नियन्त्रणमा जुटेका छन्। बर्दियाको सदरमुकाम गुलरियाबाट पनि थप दमकल मगाइएको प्रहरीले जनाएको छ। गोदाममा चामल, दाल, पिठो र खाने तेल केएलदुगडलाई उध्दृत गर्दै बाँके प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।