|

  • गोविन्द महतो

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको परिसर भित्रैबाट एक १२ वर्षिया बालक बेपत्ता भएका छन्। भारतको विहार राज्य दरभंगा गौसा घर भएका १२ वर्षिया बालक जिल्ला प्रहरी कार्यालय धनुषाको हाताभित्रैबाट बेपत्ता भएका हुन् ।

भातरबाट हराएका बालक धनुषामा भेटियो

भारतको दरभंगा गौसा थाना घर भएका १२ वर्षिया बालक मोनु कुमार राम असार २७ गते दरभंगाकै एक गाडी सर्भिसिङ्ग सेन्टरबाट हराएका थिए। बेपत्ता बालकका बुवा चन्देश्वर रामले काम गर्ने गाडी सर्भिसिङ्ग सेन्टरबाट हराएका उनलाई धनुषाको सबैला नगरपालिकामा प्रहरीले फेला पारेको थियो। त्यसपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। 

त्यसपछि जिल्ला प्रहरी कार्यालयले बालकलाई अभिभावकको जिम्मा लगाउनका लागि पूर्व सुचना दियो। बालकाका बाबु चन्देश्वर छोरालाई लिन आए। तर त्यतिबेलासम्म छोरा फेरि गायब भइसकेका थिए। सुखद समाचार सुनेपछि हस्याफस्याङ्ग गर्दै छोरा लिन जनकपुर आएका चन्देश्वरले जिल्ला प्रहरी पुग्ने बित्तिकै फेरि छोरा हराएको खबर सुन्नुपर्दा दुख लागेको बताए। 

यसरी हराए जिल्ला प्रहरीबाट

सबैला प्रहरी चौकीले जिल्ला प्रहरीको जिम्मा लगाएपछि बालक मोनु कुमार २ दिनसम्म प्रहरी चौकीमै बसेका थिए। ती बालकलाई २९ गते एक प्रहरीले खाना खुवाएर 'आफ्नो कोठमा आईज' भनेर मेसबाट निस्केका थिए। त्यसपछि मोनु गायब भए। प्रहरीले घन्टौं खोज्दा समेत नभेटेपछि उनी फेरि हराएको हुनसक्ने शंका गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार एक दिन मज्जाले जिल्ला प्रहरीमा बसेका ती बालक अर्को दिन पटक–पटक भाग्न गेट सम्म पुग्ने गरेका थिए। तर, प्रहरीले उनलाई गेटबाहिर जान दिएका थिएनन्। 

दोश्रो तीन ती हराएका बालक कसरी जिल्ला प्रहरीको हाताभित्रबाट भागे कसैलाई पत्तो समेत भएन। पछि दुःखि बाबु चन्देश्वर रामको उजूरीका आधारमा जिल्ला प्रहरीले पुनः बालक खोज्न थाल्यो। तर आज ११ दिन भइसक्दा समेत हालसम्म प्रहरीले फेला पार्न सकेको छैन।

छोरो भेट्ने आश मरिसक्यो  : पीडित

छोरा हराएको ११ दिनसम्म कुनै पत्तो नलागेपछि छोरो भेट्ने आशा मरिसकेको चन्देश्वर रामले बताए।  ‘नेपालमा तिम्रो छोरा छ, जाउँ लिएर आउँ भनेर भारतीय प्रहरीले भनेपछि फुरुङ्ग हुदै आएको थिए, छोरा लिन तर अब पाउने आशै मरिसक्यो।’ 

तर पनि उनी जनकपुरको विभिन्न चोक, चौराहा गल्ली, गाउँ घरमा भौतारिरहेका छन्। छोरालाई कसैले भेटेको खण्डमाप्रहरीको वा आफ्नो जिम्मा लगाईदिन उनले आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.