|

पर्वत :  पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरीङकी शान्ति दर्जी काठमाडौंमा फेला परेकी छिन्। उनलाई प्रहरीले उनका सन्ते दर्जीको जिम्मा लगाएको छ। 

यसअघि श्रीमान् सन्ते दर्जीको पोखरामा उपचार भइरहेका बेला उनी श्रीमानलाई भेट्न जलजलाबाट पोखरा हिडेंकी थिइन्। तर यसअघि कहिल्यै पोखरा समेत नआएकी शान्ति पोखरा आउने भन्दै घरबाट हिंडेपनि झुक्किएर काठमाडौं आइपुगेकी थिइन्।

उनले श्रीमानलाई काठमाडौंबाटै फोन गरेकी थिइन्। तर त्यसपछि उनको मोबाइल स्विच अफ भएका कारण उनीसँग सम्पर्क हुन सकेन। यता श्रीमान् भने पोखरामा उपचार गराएर फर्किइकेका थिए। 

श्रीमती खोजिदिनका लागि सन्तेले आग्रह गरेपछि उनको खोजी कार्यमा सहयोग गर्न  शुक्रबारबाट आर्थिक अभियान समेत सुरु भएको थियो। तर अहिले उनी भेटिएकी छिन्। शनिबार शान्तिलाई प्रहरीले आफ्नो जिम्मा लगाएको सन्तेले जानकारी दिए।

बेपत्ता भएपछि उनी बालबालका खोजतलास केन्द्रमा पुगेकी थिइन्। खोजतलास केन्द्रकै सहयोगमा काठमाडौं प्रहरी वृत्त जनसेवाले उनलाई श्रीमानको जिम्मा लगाएको हो। 

आर्थिक रुपमा निकै विपन्न दर्जी दम्पत्तीले म्याग्दी सदरमुकाम बेनी बजारमा पत्रपत्रिका बाँड्ने र भारी बोक्ने काम गर्दै जीविकोपार्जन गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.