|

मोरङ : विराटनगर महानगरपालिका–१३ स्थित मकालु ट्राइकोट उद्योगमा शनिबार आगलागी भएको छ। दिउँसो ४ बजेतिर अचानक मेसिनबाट उत्पन्न भएको आगो नियन्त्रण बाहिर पुगेको हो। आगो नियन्त्रणमा लिन राजविराज, मोरङ र सुनसरीका ६ वटा दमकल  परिचालित छन्।

उक्त पश्मिना उद्योग पूर्व क्षेत्रीय प्रहरी कार्यालय, तालिम केन्द्र रानी र शसस्त्र प्रहरी गणदेखि पाँच सय मिटरको दुरीमा छ। मकालु ट्राइकोट उद्योग औद्योगिक घराना गोल्यान ग्रुपको हो। उद्योगमा कपडा सम्बन्धी धागो, स्वेटरलगायत उत्पादन हुन्छ। 

उद्योग भएको स्थानलाई पहिले शाह उद्योग, बटन फ्याक्ट्री लगायतका नामले पनि चिनिन्थ्यो। आगलागी भइरहेको स्थलदेखि करिब ५ सय मिटर दुरीमा नेपालकै सबैभन्दा ठूलो विराटनगर आँखा अस्पताल रहेको छ।  क्षतिको विवरण नआइसकेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.