|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चारवटै अनुसन्धान केन्द्र कामविहीन हुन पुगेका छन्। राजनीतिक ‘भर्ती केन्द्र’ बनाएका कारण र सरकारले पर्याप्त बजेट उपलब्ध नगराएकाले अनुसन्धान केन्द्रहरू लथालिंग बन्न पुगेका हुन्।

नेपाल तथा एसियाली अध्ययन केन्द्र(सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र(सेरिड), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट) र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा) त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन्।

सिनासका कार्यकारी निर्देशक प्राध्यापक विष्णुशंकर पौडेलले तलब खान मात्र पुग्नेगरी बजेट उपलब्ध भएकाले काम गर्न नसकेको बताए। ‘अनुन्धानका माध्यमबाट देशको नीति–निर्माण तहमा प्रभाव पार्ने संस्था अनुसन्धान केन्द्रलाई एनजीओजस्तो सोच्नु गलत हो’, उनले भने, ‘राज्यका निम्ति गरिने गहन अध्ययन–अनुसन्धानमा उसैले लगानी गर्नुपर्छ।’

बहुदलीय राजनीतिमा संलग्न प्राध्यापक र नेता नेतृत्वमा पुगेपछि अनुसन्धानलाई बिर्सिने गरेको उगनको गुनासो छ।

राजनीतिक, सामाजिक, आर्थिक मानवीय र राष्ट्रिय महत्त्वका विविध पक्षको अनुसन्धान गर्न भन्दै सुन् १९६९ मा स्थापित सिनासमा चार प्राध्यापकसहित १६ जना पूर्णकालीन अनुसन्धाता र २१ कर्मचारी कार्यरत छन्। 

नेपाल र एसियाका अन्य मुलुकबीच तुलनात्मक अध्ययन यसको प्रमुख लक्ष्य हो। फरक फरक प्रकृतिका चारै अनुसन्धान केन्द्रमा गरी ६२ जना अनुसन्धान केन्द्रमा ६२ जना अनुसन्धाता र एक सय ६४ कर्मचारी कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.