|

काठमाडौं : राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीहरु छलफलमै व्यस्त भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समस्या समाधान हुन कठिन हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आइतबार सडकका खाल्डा पुरेर व्यवस्थित बनाउन निर्देशन दिएका थिए। तर प्रधानमन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै व्यस्त रहेकाले तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिएको छ।

खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हो। जीर्ण सडकका समस्या समाधान गर्ने जिम्मेवारी पाएका सचिवहरु कार्यालयकै काममा व्यस्त रहेकाले काममा निस्किन नपाएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.