|

चितवन : चितवनको मुग्लिन सडक अन्तर्गत चेपाङडाँडा र कालिखोलाको बीचमा खसेको ठूलो पहिरो पन्छाएपछि राति ९ बजेबाट यातायात खुलाइएको छ। 

इच्छाकसमना गाउँपालिका–६ मा पर्ने सो स्थानमा शनिबार अपराह्न ४ बजेतिर खसेको ठूलो पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको थियो। उक्त सडक साँझ ७ बजे एकतर्फी खुलाइएकोमा ९ बजे दुईतर्फी बनाइएको प्रहरीले जनाएको छ। 

बीच सडकमा अड्किएका केही सवारीलाई राति नै पठाइएकोमा सवारीहरुलाई अहिले बिहान पठाइएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार सो क्षेत्रमा शनिवार बिहान पनि पहिरो खसेर यातायात अबरुद्ध भएको थियो।

पहिरोका कारण चितवन आउने र चितवनबाट काठमाडौ र पोखरातिर जाने सवारीहरु गन्तव्यतिर गएको जनाएको छ। दुईतिरबाट मेसिनको प्रयोग गरेर पहिरो हटाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उक्त सडक बिस्तारको क्रममा रहेकाले भित्तो काटिएको क्षेत्रमा पहिरो खस्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.