|

चितवन : चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुँदै छ। पटक-पटक सर्दै आएको मुद्दामा साउन २ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलास चल्दै गर्दा रोकिएको थियो।  २ गते बहस चल्दै गर्दा न्यायधीश बाहिर जानुपरेकाले सुनुवाइ रोकिएको थियो। सो मुद्दा आज पनि उनीहरुकै इजलासमा परेको छ।

रिट निवेदककातर्फबाट  अधिवक्ता टीकाराम भट्टराईले मात्रै बहस गर्न पाएका थिए। अरुको बहस आज हुने जनाइएको छ। चितवनको भरतपुरमा मतगणना हुँदाहुँदै जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेकोमा आयोगविरुद्ध  भरतपुर-१९ का एमाले वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दायर गरेका थिए। सो मुद्दामा सर्वोच्चले यथास्थितिमै राख्न भने पनि सबै काम रोकिएको छ। 

पटकपटक मुद्दा सरेकाले उम्मेदवार, मतदाता, तथा राजनीतिक दलसमेत रुष्ट हुन थालेका छन्। स्वयं मुद्दा हाल्ने विकसमेत छिटो निकास दिन माग गर्दै छन्। सो मुद्दामा सर्वोच्चले मतगणना या मतदान के को आदेश देला भन्ने आमचासो बढ्दो छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.