|

पर्वत : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराइनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्विरोध चयन भएका छन। म्याग्दीको मंगला गाउँपालिका वडा नं. २ बाबियाचौर घर भई हाल बहराइनमा रहेका पुन एनआरएनए. बहराइनका निवर्तमान प्रथम उपाध्यक्ष हुँदै छैटौं अधिवेशनबाट अध्यक्षमा निर्विरोध भएका हुन्।

म्याग्दी उद्धार समिति बहराइनको पूर्वअध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकारसमेत रहेका पुन जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि बहराइनमा गरिने अभियानहरुमा सक्रिय रहँदै आएका छन्। नवनिर्वाचित एनआरएनए बहराइनका अध्यक्ष पुनले बहराइनमा रहेका नेपाली कामदारहरुमा देखिएको समस्या समाधानमा लाग्ने आफ्नो प्रमुख कार्यभार रहेको बताएका छन्।

उनले बहराइनमा पुग्ने कामदारहरुमा देखिने समस्या समाधान गर्ने, अलपत्र रहेका कामदारहरुलाई स्वदेश फिर्ताको लागि पहल गर्ने, भइपरी आउने आपत विपद्मा सहयोग गर्नेजस्ता कार्यहरुलाई समेत आफूले प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए। अधिवेशनबाट आइसिसी सदस्यमा कमल श्रेष्ठ, उपाध्यक्षमा तेजराम सापकोटा, शेरबहादुर राउत र नारायण उप्रेती निर्वाचित भएका छन्।

त्यस्तै, महिला उपाध्यक्षमा लक्ष्मी गिरी, महासचिवमा प्रेमबहादुर क्षेत्री, सचिवमा अजय गुरुङ, कोषाध्यक्षमा राजाराम सुवेदी ,सहसचिव शिव शंकर आचार्य, युवा संयोेजकमा अमर श्रेष्ठ, महिला संयोजकमा पुष्पा श्रेष्ठ प्रजा, सांस्कृतिक संयोजकमा टेकबहादुर महत (अशिम), कल्याणकारी कोष संयोजकमा पुरण केसी तथा सदस्यहरुमा अन्जु बिक, दीप बिक्रम राणा, अनील श्रेष्ठ र पदमकुमार गुरुङ निर्विरोध भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.