|

बैतडी : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि कार्यालयले किसानहरुलाई आधुनिक कृषि औजार, बीउबिजन र विषादी मल अनुदानमा वितरण गरेको छ। दशरथचन्द नगरपालिका ३ जर्गका ३५ परिववार किसानका लागि २ थान हाते ट्याक्टर वितरण गरिएको हो।

यस्तै, ३५ परिवारलाई एक/एक किलो विषदी मल, हाते औजारहरु र तरकारीका बीउबिजन पनि वितरण गरिएको छ। यी सामग्रीहरु ५० प्रतिशत अनुदानमा कृषि कार्यालयले उपलब्ध गराएको भूमि माँ महिला कृषि सहकारी संस्थामार्फत कृषि औजार तथा बीउ र मल वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सरस्वती कोलीले बताइन्। बैतडीमा प्रधानमन्त्री कृषि आधुनीकिकरण कार्यक्रम सञ्चालन भएपछि तरकारी र मकैको पकेट क्षेत्र कायम गरिएको छ।

गत वर्षको पुष महिनादेखि सुरु भएको परियोजनाअन्तर्गत एकसय हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बीउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम गरिएका छन्। मकै र मकैको बीउ उत्पादनका लागि गाँजरी, सिगास, शिवलिंग, थालाकाँडा, ढुंगाड, भटना, हाट, न्वादेउ, महादेवस्थान, मल्लादेही, मेलौली, सलेना, महारुद्र, विशालपुर र शिवनाथ गाविस छनोट गरिएका छन्।

यस्तै, तरकारी उत्पादनका लागि देहीमाण्डौं, सलेना, सिद्धपुर, गोकुलेश्वर, दशरथचन्द नगरपालिका, गुरुखोला, सिद्धेश्वर, महारुद्र, चौखाम, भूमीराज र न्वाली छनौट गरिएका छन्। परियोजनाअन्तर्गत बीउबिजन, कृषि यान्त्रीकरण ५० प्रतिशत र सिँचाइमा ८५ प्रतिशत अनुदान दिइने जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.