|

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल चढेको गाडी रामेछापमा तोडफोड भएको छ। होटल अगाडि पार्किङ गरेर राखेको गाडी शनिबार राति तोडफोड भएको हो।

नेता नेपाल रामेछाप जाँदा प्रयोग गरेको रामेछापका एमाले कार्यकर्ता होमबहादुर बुढाथोकीको बा ५ च २७५० नम्बरको गाडी तोडफोड भएको रामेछापका प्रहरी प्रमुख डीएसपी कुमुद ढुंगेलले जानकारी दिए। 'उहाँ चढेको बेला तोडफोड भएको होइन, राति होटल अगाडि पार्किङ गरेको ठाउँमा तोडफोड भएको हो' उनले भने ' होटलको कम्पाउण्ड छैन।

पार्टी कार्यक्रमका लागि रामेछाप गएका एमाले नेता नेपाल शनिबार राति सुनकोशी होटलमा बास बसेका थिए। गाडी कसले के उद्देश्यले तोडफोड गर्‍यो भन्नेबारे केही नखुलेको प्रहरीको भनाइ छ। 'हामी यस विषयमा अनुसन्धान गरिरहेका छौं, अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं' डीएसपी ढुंगेलले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.