|

इलाम : इलामको देउमाई नगरपालिका–४ मा सर्पले डसेर ४२ वर्षीय शिक्षक गंगा राईको मृत्यु भएको छ। लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईलाई शनिबार अपराह्न धान खेतमा पानी लगाउन गएका उनलाई करेत सर्पले डसेको थियो।

सर्पले टोकेपछि राईलाई उपचारका लागि झापाको चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। गर्मी बढेसँगै इलाममा समेत विषालु प्रजातिका सर्प देखा पर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.