|

कञ्चनपुर : बेल्डाडी गाउँपालिकाका ४९ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संसद् विकास कोषको पैसाबाट साइकल वितरण गरिएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयंसेवीकाहरुलाई कञ्चनपुर क्षेत्र नं. १ सांसद विकास कोषको रकमद्वारा खरिद गरिएका साइकल वितरण गरिएको हो।

बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीका ४९ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई व्यवस्थापिका सांसद सदस्य दिवान सिंह विष्टले साइकल वितरण गरेका हुन्। रौतेली बिचवा स्वास्थ्य चौकीका १० जना र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रका ३९ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई ३ लाख ५० हजार रकम बराबरको साइकल वितरण गरिएको हो।

गत आर्थिक वर्षमै वडास्तरबाटै साइकलको माग गरिएको भए पनि विगतमा गाउँपालिकाको बजेटले नभ्याएका कारण अहिले संसद् विकास कोषमार्फत माग गरिएको र साइकल वितरण गरिएको कार्यकारी अधिकृत धर्मराज जोशीले बताए।

आपूmहरुलाई गाउँघरमा हिँडडुल गर्न निकै कठिन भएको भन्दै साइकलको माग गर्दै आएका स्वंमसेवीकाको माग थोरै भए पनि पूरा भएकोले महिला स्वस्थ्य स्वयंसेविकाहरुले निकै खुसी व्यक्त गरेका छन्। महिला स्वास्थ्य स्वयंसेविका सरस्वती शाही भन्छिन्, ‘निःस्वार्थ भावले सेवा गरिरहँदा थोरै भए पनि सरकारले हेरेकोमा खुसी छौं।’ काम गर्ने अझबढी प्रेरणा मिलेको बताउँदै उनी भन्छिन्, ‘नयाँ साइकल पाएका छौं, काम गर्न थप हौसला मिलेको छ, आगामी दिनमा पनि यस्तै खालका सहयोगको अपेक्षा पनि गरेका छांै।’

साइकल वितरण समारोहलाई सम्बोधन गर्दै  सांसद दिवान सिंह विष्टले बेल्डाँडी गाउँपालिकामा स्वस्थ्यसेवालाई सहज र भरपर्दो बनाउन चिकित्सकको व्यवस्था गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा सहभागी भएका स्थानीय वासिन्दाले सांसदसँग रौतेली स्वास्थ्य चौकीका लागि  एम्बुलेन्सको मागसमेत गरेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.