|

काठमाडौं : साउन २ गतेदेखि जारी केन्द्रीय सचिवालयको बैठकले विगतमा आफूबाट अलग भएका पार्टीहरुसँग एकताको अपिल गरे पनि ती दलहरुले नकारात्मक प्रतिक्रिया दिएका छन्।

माओवादी बैठकले विगतमा माओवादीमै रहेर हाल अलग रहेका घटकहरुलाई एकताको आह्वान गरेको थियो। 'बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, र नेत्रविक्रम चन्द विप्लव नेतृत्वका घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई अपिल गरेको छ', बैठकका निर्णयहरूबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ।

तर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आजका दिनमा माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता गर्न नसकिने बताए। उनले थाहाखबरसँग भने ‘माओवादी केन्द्रसँग हाम्रो विचार र सिद्धान्त नै मिल्दैन। अहिले उहाँहरुले हामीसँग होइन कांग्रेस र एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुन्छ।’

पार्टी एकताको लागि आफ्नो पार्टीले पनि अपिल गरेको भन्दै नेता वैद्यले उल्टै माओवादी केन्द्रमा रहेका क्रान्तिकारीहरुलाई आफ्नो पार्टीमा गोलबन्द हुनका लागि आग्रह समेत गरे।

नयाँ शक्ति नेपालका प्रबक्ता खिमलाल देवकोटाले पार्टी एकताको अपिल गरेकोमा प्रचण्डलाई धन्यवाद दिए। तर नयाँ शक्ति नेपाल आफ्नै विचार र सिद्धान्त लिएर अगाडि बढिसकेको भन्दै प्रवक्ता देबकोटाले पार्टी एकता गर्न ढिलो भइसकेको प्रतिक्रिया दिए।

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तिलक मल्लले यथास्थितिमै माओवादी केन्द्रसँग पार्टी एकता गर्न नसकिने बताए। ‘उहाँहरु परिवर्तन भएर आउनुहुन्छ भने हामी पार्टी एकता गर्न तयार छौं' उनले भने 'तर उहाँहरु अधुरो र अपुरो रहेको एकीकृत जनक्रान्ति पुरा गर्नका लागि क्रान्ति गर्न तयार हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Mohan baidh ji kranti bhaneko ke ho? Tapaiko kranti bhaneko feri Nepali dajubhai lai baliko boka banaune ho ? Ab hami tapaiko jasto krantima biswas gardainau , Hami ta utpadan mukhi , rojgarmukhi, sambriddh nepalko lagi aarthik kranti garna chanxau .