|

डडेल्धुराः कैलालीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको ज्यान गएको छ।

आइतबार धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से१प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका– १५ कनरीमा ठोक्किएका हुन्।

मोटरसाइकलमा सवार दुई जनाको उपचारका लागि सेती अञ्चल अस्पतालमा पु¥याएलगत्तै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका गौरीगंगा नगरपालिकाका ३० वर्षका दीपेन्द्र चौधरी र कैलारी गाउँपालिका– ८ का २७ वर्षका वीरबहादुर चौधरीको पनि सेती अञ्चल अस्पतालमा पु¥याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, गम्भीर घाइते थापापुर बस्ने आशिष चौधरीलाई थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा दुधवा नेशनल पार्क पार नगर्दै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक तीनै जनाको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ। ठक्कर दिने बसका चालक कैलारी गाउँपालिका– ५ का ५० वर्षका मंगलप्रसाद चौधरी प्रहरी नियन्त्रणमा रहेका जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.