काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका– ६ तीनपिप्लेमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक नवीनराज राईका अनुसार आइतबार दिउँसो १२ बजेतिर खेतमा रोपाइँ गर्न पानी तान्ने क्रममा करेन्ट लागेर पाँचखाल नगरपालिका–६ का ४२ वर्षका कृष्णबहादुर अछामीको मृत्यु भएको हो।
उनको शव बनेपास्थित सिर मेमोरियल अस्पतालमा पोष्टमार्टम गरी आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।