|

पर्वत : हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड दुई दिनपछि खुलेको छ। विभिन्न ठाउँमा खसेको पहिरोका कारण सडकमा दुई दिनदेखि सिधा सवारी अवरुद्ध भएको थियो। 

अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा माथिबाट खसेको पहिरो दुवैतर्फबाट डोजर लगाएर हटाएपछि अवरुद्ध सडक सुचारु भएकोे बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। पहिरो पूर्णरूपमा हटाउन नसकिए पनि अस्थायी रूपमा एकतर्फी सडक सञ्चालन गर्ने गरी पहिरो पन्छाइएको छ।

जलथलेमा गुइँठेभीरबाट निरन्तर पहिरो खसेको र साँघुरो भएका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारण र सवारी साधनहरू वारपार गर्न निकै समस्या भएको थियो। सेनाको श्रीबक्स गुल्मको नारच्याङ स्थित बेसक्याम्प र दाना प्रहरी चौकीको सहयोगमा सडक खुलाएको हो।

सडक खुलेपछि बेनीदेखि जोमसोम खण्डमा रोकिएका सवारी साधनहरू गन्तव्यतिर लागेका छन्। बर्खा सुरु भएसँग बेनी–जोमसोम सडक खण्ड नियमित जसो ठाउँ ठाउँमा खस्ने पहिरो र कालिगण्डकी नदी कटानबाट प्रभावित बन्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.