मध्य बर्खामा पनि नाम लेखाउनेको उत्तिकै जाँगर

|

उदयपुर : मध्यबर्खाको समय भए पनि अहिले निर्वाचन कार्यालय उदयपुरमा फोटो सहितको मतदाता नामावली बनाउनेको भीड लागेको छ। भर्खरै सम्पन्न भएको चुनावमा भोट माग्न हिँडे पनि भोट हाल्न नपाएको पीडा लिएर सर्वसाधारण मतदाता नामावली बनाउने लाइनमा बसेका हुन्।

निर्वाचन आयोगले अव हुने प्रदेश र केन्द्रको चुनावको लागि साउन १ गतेदेखि १६ गतेसम्म मतदाता नामावली संकलन सुरु गरेपछि सर्वसाधरणहरु ८ वटै तहबाट जिल्ला निर्वाचन कार्यलय आइपुगेका छन। वर्खापासको झरी पनि नभनिकन मतदाता नामावली बनाउन आएका सर्वसाधरणहरुको एउटै साझा पीडा छ, ‘त्यो हो स्थानीय चुनाव भोट माग्यौं, तर, भोट हाल्न पाएनौं।’

स्थानीय निर्वाचनको लागि एक महिना उम्मेदवारसँग भोट मागेर हिडे तर भोट हाल्न नपाएपछि नामावली बन्ने थाहा पाएर आएको उदयपुरको कटारी नगरपालिकाबाट एकसय ८० रुपैँया भाडा तिरेर नामावली बनाउन गाईघाट आइपुगेका चन्द्रमणी राईले बताए। ‘मेरो पनि मताअधिकार छ,’ उनले भने, ‘भोट माग्न हिड्दा नागरिकताबाट भोट हाल्न पाइन्छ भने, तर, अन्तिममा पाइनँ, अब नामावली बनाउँछु।’

विदेशबाट भर्खर फर्केर आएको बताउने राईले सबै साथीभाइले मताधिकार प्रयोग गर्दा खल्लो लागेको गुनासो गरे। राईकै शब्दमा गाईघाटबाट २ सय ५० किलोटिर टाढा पर्ने कटारी नपा ११ बाट नामावली संकलन गर्न आएका लवकुश कटुवालले भोट हाल्न नपाएपछि निर्वाचन नसकिँदै काठमाडौं फर्केको गुनासो गरे। ‘म काठमाडौंमा स्नाकोत्तर पढ्दै छु,’ उनले भने, ‘असार १४ गते भोट हाल्नको लागि गाँउ आएँ, तर नामै भेटिन अनि मतदान नगरिकन काठमाडौं फर्किएँ।’

गाँउघरका छरमिमेक, साथीभाइसँगै आप्mनो मतधिकार प्रयोग गर्न नपाएकाहरु अहिले गुनासो लिएर फोटो सहित मतदाता नामावली बनाउन निर्वाचन कार्यालय धर्ना दिएका छन। सदरमुकामभन्दा टाढा रहेको वेलका नगरपाकिला, कटारी, नगरपाकिला, ताप्ली गाँउपालिका, सुनकोसी गाँउपालिका, उदयपुरगढी गाँउपालिकाबाट छाता बोकेर नामावाली बनाउन सर्वसाधरण आएको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका लेखाप्रमुख विजय गेलालका अनुसार मतदान गर्न नपाएको गुनासो गर्दै सर्वसाधरणहरु आउने गरेका छन। ‘हामीले विहान ९ वजेदेखि साँझ ७ वजेसम्म मतदाता नामावली संकलन गर्ने गरेका छौ,’ उनले भने, ‘तीन ग्रुपमा फोटो खिचाएर संकलन गर्दा पनि भ्याइनभ्याइ हुने गरेको छ।’

निर्वाचन कार्यालयका अनुसार हालसम्म एक हजारा १ सय ६३ जनाले मतदता नामावली बनाएका छन। जसमा युवाहरु बढी छन् भने वृद्धवृद्धाहरु, सुत्केरी महिलाहरु लाइनमा बसेका छन्। जसमा महिलाको संख्या धेरै रहेको छ। दैनिक सयभन्दा बढीले मतदाता नामावली बनाउने गरेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय निर्वाचनमा १ लाख ७५ हजार १ सय ६१ जनामध्ये ८८ हजार ५ सय १० जना पुरुष र महिला ८६ हजार २९१ जना थिए। कुल मतदाता मध्य एकला २१ हजार ७ सय ९७ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.