|

बागलुङ : बाडिगाड गाउँपालिका-५ ग्वालीचौरमा सोमबार भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाविस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ।

ध १ ज १८४ नम्बरको जिप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटनास्थल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए। साँघुरो बाटोमा हिलोसमेत भएकाले मोड्ने क्रममा जिप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए।

घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीले घाइतेको उद्धार गर्दै छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख एसपी चन्द्र कुबेर खापुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.