|

काठमाडौं : दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली तेक्वान्दो टोली सम्मानित भएका छन्। नेवा पुजा दक्षिण कोरिया परिवारले  नेपाली तेक्वान्दो टोलीलाई कोरियामा सम्मान गरेको हो।

नेपाली तेक्वान्दो टोलीलाई नेवा पूजा दक्षिण कोरिया परिवारका अध्यक्ष सानु प्रजापती, वरिष्ठ उपाध्यक्ष राजकुमार डंगोल, उपाध्यक्ष निर्मल महर्जन र सल्लाहकार निर्मल जोशी लगायतले सम्मानपत्रद्वारा सम्मानित गरे। कार्यक्रममा अध्यक्ष सानु प्रजापतीले देशका लागि सदैव उचो शानका साथ पदक जित्न शुभकामना दिए।

दक्षिण कोरियाको मुजु सहरमा भएको ११औं वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाललले अन्तिम दिन कुल ११ स्वर्ण,६ रजत र ५ कांस्य पदक हात पारेको थियो। नेपाली टोलीले हेड अफ टिम कुमार लामा घिसिङको नेतृत्वमा मुजुमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको थिए।नेपाली टोली सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.