|

विराटनगर : विराटनगरमा पहिलो पटक भएको मिस नेवा कोसी २०१७ शनिबार राती सम्पन्न भएको छ। मन्जिना मुभिज क्रिएसनको आयोजनामा भएको प्रतियोगिताको विजेता राइसा श्रेष्ठ भइन्। उनले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको उपाथि चुमेकि हुन्। उनले उपाधिसँगै यमहा कम्पनीको स्कुटी र विभिन्न गिप्mट ह्याम्पर प्राप्त गरिन्। राइसाले मिस पपुरलको एवार्डसमेत जितिन्।

त्यसैगरी, फस्ट रनरअप आचल ताम्राकार भइन् भने मुस्कान श्रेष्ठ सेकेन्ड रनरअपको ताज पहिरन सफल भइन्। त्यसैगरी मिस क्याटवाक समिन श्रेष्ठ, वेष्ट स्माइल निशु श्रेष्ठ, वेष्ट फिजिक अर्चु ताम्राकार,  मिस एथ्लेटिक्स तनिसा ताम्राकार, मिस ट्यालेन्टको उपाधि सिवानी श्रेष्ठ, वेष्ट ड्रेस र मिस पर्सानालिटी शिखा श्रेष्ठ घोषित भइन्।

फाइनलको निर्णायकहरुमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, नायिका तथा मोडल अशिस्मा नकर्मी, नेवा समाज महिलाकी केन्द्रीय अध्यक्ष तथा सञ्चारकर्मी रस्मीला प्रजापती, उद्योगी अविनास बोहोरा, सञ्चारकर्मी सन्देशदास श्रेष्ठ, दिवस सुवेदी, फेशन डिजाईनर शिल्पा निरला कार्की रहेका  थिए।

 कार्यक्रममा नेवारी समुदायको लाखे लान र धिमे बाजासहित सुरु गरिएको कार्यक्रममा टच डान्स सेन्टरका कलाकारहरु नृत्य सिक्कमबाट आएका कालाकारले वि बक्स प्रस्तुत गरेका थिए भने गायक दीपेन्द्र थापा, सोहन श्रेष्ठ, र मन्जील श्रेष्ठले गीत प्रस्तुत गरी आमदर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। नेवारी सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा युवा पुस्तमा भाषा सस्कृति जर्गेना गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.