|

रुपन्देही : बुद्धकालका पाँच ठूला शहरमध्येको एक मानिन्छ रुपन्देही पर्रोहाको बोलबमधाम। यहाँ शिवको ज्योर्तिलिङ्ग छ। सैनामैना नगरपालिकामा पर्ने पर्रोहा बोलबमधाममा हरेक सोमबार जलार्पणका लागि भीड लाग्ने गरेको छ।

जानकारहरुका अनुसार प्राचीनकालकै मानिने ज्योतिर्लिङ्गलाई रमेश गिरी नागाबाबाले २०३५ सालमा प्रकाशमा ल्याएका थिए। त्यसपछि मन्दिर बनाएर संरक्षण र प्रवर्द्धन गरेसँगै यहाँ धार्मिक पर्यटकको भीड लाग्न थालेको छ।

२०४९ सालदेखि शुरु भएको मेलाबाट प्रभावित भएर पशुपतिनाथ लगायत मुलुकका अन्य शिवालयहरुमा बोलबम मेलाको पुनर्जागरण भएको धामका संरक्षक व्यासाचार्य किशोरकुमार गौतमले बताए। अढाई दशकको छोटो अवधिमा बोलबमधाम धार्मिक पर्यटकीय गन्तव्य बनेको धाम समितिका अध्यक्ष रामवली चौधरीले बताए। 

धाममा चितवनदेखि दाङसम्मको तराई इलाका र पाल्पा, गुल्मी, अर्घाखाँची पहाडी क्षेत्रका धेरैजसो भक्तजन सहभागी हुन्छन्। भारतको उत्तर प्रदेश र विहारबाट पनि भक्तजन आउँछन्।

हेर्नुस् फोटोहरु

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.