काठमाडौं : जयकिशन बस्नेतको लेखन निर्देशन तथा तारा थापा किम्भेको सम्पादनमा तयार भएको फिल्म धुम–२ भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो।
कमेडी–एक्सन जेनराको यस फिल्ममा निर्देशक जय किशन बस्नेत आफैं निर्माता हुन्। उनी फिल्मको लिड रोलमा छन्। उनले नारीप्रधान कथा बोकेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दाबी गरे।
फिल्ममा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संयोग राणा, शोभित बस्नेत, उत्तम केसी, शंखरत्न महर्जन लगायतको अभिनय रहेको दृश्य सम्पादक तारा थापा किम्भेले जानकारी दिए।
ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई जीवन श्रेष्ठले खिचेका हुन्। फिल्ममा एनबी महर्जनको द्वन्द्व छ। टंक बुढाथोकीले संगित भरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।