|

दमक : इलाका प्रहरी कार्यालय दमकले सोमबार एक जनालाई ९० एम्पुल लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक १० का २४ वर्षिय केशव सुजी रहेका छन्। 

३१ एम्पुल डाईजापाम, ३० एम्पुल फेनारगन र २९ एम्पुल लुपिजेसिकसहित उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक विरेन्द्र कोइरालाले जानकारी दिए।

सुजीलाई दमक ९ स्थित डेराबाट लागुऔषध बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको कोइरालाले बताए। 
कोइरालाका अनुसार उनी यसअघि पनि लागुऔषध प्रयोग गर्दै–गर्दा पक्राउ परेका थिए।

‘उसलाई पहिला पनि एक पटक पक्राउ गरिएको हो, तर उनले बेचविखन गर्छन् भन्ने चाँही लागेको थिएन।  आफन्तले सुधार गृहमा राख्ने भनेपछि  उनलाई एक पटक छाडेका थियौँ,’ कोइरालाले भने। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.