|

लमजुङ : घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यालयमा ताला लगाएका हुन्।

बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ। आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेको गुनासो छ।

वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको एक लाख ५९ हजार रुपैयाँ लिन बाँकी रहेको बताए। उनले राप्रपासँग २०७१ सालको ३० हजार रुपैयाँ, २०७२ सालको ५४ हजार रुपैयाँ, २०७३ सालको ६० हजार रुपैयाँ र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको १५ हजार रुपैयाँ भाडा लिन बाँकी रहेको बताए।

राप्रपाका जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्लले भाडा तिर्न नसकेको स्विकार गरे। उनले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको प्रतिक्रिया दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.