|

जनकपुरधाम : धनुषामा एक व्यक्तिलाई अपहरण गरी तीन दिन देखि राखेको आरोपमा प्रहरीले एक महिला सहित ५ जनालाई पक्राउ गरेको छ। धनुषा विदेह नगरपालिका वडा नं. ८ बफै बस्ने लक्ष्मी दासको छोरा वर्ष २४ को कमलेश्वर दासलाई अपहरण गरी शरिर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

अपरहणमा संलग्न पक्राउ पर्नेहरुमा धनुषाको.चक्कर वडा नं. ७ मा बस्ने ५५ वर्षीया शोभा देवी दास, सोही स्थानका वर्ष २५ का रामसुफल दास, तारापट्टि वडा नं. १ घर भएका २२ वर्षीया निकेश यादव, जिल्ला महोत्तरी भ्रमरपुरा वडा नं. ३ बस्ने १८ वर्षीया एसानुल राईन र १९ वर्षीया आदम नदाफ रहेको प्रहरीले जनाएको छ।

धनुषाको ठाडिझिझास्थित महिनाथपुर रेल्वे स्टेशनबाट चार जनाको समुहले डरत्रास तथा धम्की  देखाएर कमलेश्वरलाई मोटसाइकलमा राखेको थियो। त्यसपछि  जनकपुरस्थित भ्रमरपुरा चोकमा ल्याई आदाम नदाफको कोठामा १ दिन राखेको थियो।

त्यसपछि शनिबार दिउँसो ४ बजे भमरपुरा चोकबाट ठाउँ परिवर्तन गरी जनकपुरको रामानन्द चोक वर्डा नं.९ स्थित रामचन्द्र दासको घरमा लगेर बन्धक पारेर राखेको प्रहरी जनाएको छ।  

अपहरणमा परेका कमलेश्वरमाथि उनीहरुले कुटपीट गरेको तथा चक्कु, फलाम काट्ने ह्याक्सो, ब्लेड, लगायतका धारिलो हतियार देखाएर ज्यान मार्ने डर–धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरुले कमलेश्वरको परिवारसँग आर्थिक रुपमा बार्गेनिङ गर्दै आएको प्रहरीले जानकारी दियो। 

अपहरित कमलेश्वर दास आइतबार राती ३ बजे बन्धक बनाएको कोठाको भेन्टिलेसनबाट निस्केर मागेपछि घटना सार्वजनिक भएको प्रहरीले जानकारी थियो। प्रहरीले अपहरणकारीको चक्कु १ थान, फलामे ह्याक्सो ब्लेड १ थान तथा घटनामा प्रयोग गरिएका मोबाइल ३ थान बरामद गरेको जानकारी दियो। 

प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको छ।  घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लिलामणि आचार्यले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.