रुकुम : जिल्लाको बाँफिकोट गाँउपालिका मग्माका रणे दमाइको दुबै मिर्गौला फेल भएपछि उनको परिवारले सहयोगका लागि आग्रह गरेको छ। रुकुमको साबिक मग्मा ३ का ५६ वर्षीय दमाइको आर्थिक अवस्था दयनीय छ।
सरकारले निशुल्क मिर्गाैला प्रत्यारोपण गर्ने बताएपनि अस्पतालले डाइनोसिस गर्नको लागि रकम रकम मागेको परिवारले बतायो। समस्या भएको परिवारले बताएको छ । उनलाई अहिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा भर्ना गरिएको छ।
उनको उपचारका लागी सहयोग गर्न भान्जा डिल्ली परियारले आग्रह गरे। उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८१८६१९९३४ तथा ९८६३६४७८८८ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै एभरेष्ट बैंकमा रहेको खाता नं ०४४००५०१२०५४२५ मा रकम जम्मा गर्न पनि सकिनेछ।
बिरामी रणे दमाईले आफ्ना बच्चाबच्चाको लागी पनि आफुलाई बचाउन सबैलाई अनुरोध गरेका छन्। आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ–धौ भएका बेला मिर्गौला फेल भएपछि समस्या भएको उनले बताए। उनका २ छोरा २ छोरी र एक श्रीमती छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।