काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाली सेनामा कार्यरत भएकै कारण एकजनालाई हत्या प्रयास गरेको छ।
नेपाली सेनामा कार्यरत भक्तबहादुर खड्कालाई पुरानो राजनीतिको कारण नेपाली सेनाबाट राजीनामा दिएर सहयोग नगरेको भन्दै माओवादीले हत्या प्रयास गरेको हो।
माओवादी कार्यकर्ताहरुले खड्कालाई हिजो भदौ ९ गते साँझ ७ बजेतिर कार्यालयबाट फर्कने क्रममा काठमाडौंको स्वयम्भू नजिक मरणासन्त हुने गरी कुटपिट गरेका हुन्।
पार्टीको आदेश नमानेकोभन्दै करिव एक दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ताहरुले कुटपिट गररहेको अवस्थामा निजलाई चिन्ने यात्रुहरुले प्रतिवाद गरेका कारण खड्का बाच्न सफल भएका छन्। नेकपा माओवादीले तत्काल नेपाली सेनाबाट राजीनामा दिएर माओवादीमा प्रवेश नगरे जे पनि गर्ने भन्दै जिउज्यानको धम्की दिएको खड्काले बताए। उनले आफ्नो जीवन रक्षाका लागि अनुरोधसमेत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।