|

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ को पीपलाडी स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनका लागि ल्याइएको १० लाख रुपैयाँ मूल्यका सामान प्रयोगविहीन भएका छन्। छ महिनाअघि प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले उपलव्ध गराएका सामानहरु प्रयोगशाला सञ्चालन गर्ने कोठाको अभावमा अलपत्र अवस्थामा रहेका छन्।

प्रयोगशालाका लागि आवश्यक पर्ने अत्याधुनिक जनरल प्रयोगशालाका उपकरण र रसायनहरु गत फागुन १३ गते स्वास्थ्य चौकीमा पुगे पनि प्रयोगशाला सञ्चालनका लागि आवश्यक कोठा कर्मचारीले खाली नगर्दा अप्ठेरो परेको हो। सुगर, जन्डिस, हेपाटाइटिस, सिफलिस र अन्य रोगहरुको प्रयोगशाला परीक्षण गर्न उपलब्ध गराइएका रसायन (केमिकल) हरुको म्याद सकिएर कामै नलाग्ने अवस्थामा पुगेको स्वास्थ्य चौकीका ल्याब असिस्टेण्ट बसन्त धामीले बताए।

'कोठा अभावमै प्रयोगशालाका लागि ल्याइएका समानहरुको समुचित प्रयोग गर्न सकिएको छैन” उनले भने। प्रयोगशाला सञ्चालन गर्ने कोठामा बस्दै आएका कर्मचारीलाई कोठा खाली गर्न बारम्बार भन्दै आए पनि अटेरी गरेकाले लाखौं मूल्यको रसायन काम नलाग्ने अवस्थमा पुगेको जनस्वास्थ्य अधिकृत दिलिप सिंह साउदले बताए। तत्काल वडा अध्यक्ष सहितको बैठक डाकी समस्याबारे छलफल गरिने उनले बताए।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले प्रयोगशाला सञ्चालनका लागि ल्याइएका सामान अलपत्र अवस्थामा राखिनु र रसाइनको म्याद सकिदा समेत प्रयोगमा ल्याउन नसकेको बारे छानबिनका लागि आदेश दिएको बताए। उनले जनुसुकै कर्मचारी दोषी देखिए पनि कारबाही गर्ने बताए।

यसैगरी, स्वास्थ्य चौकीलाई संसदीय विकास कोषबाट उपलव्ध गराईएको इन्भर्टर समेत एक बर्ष नपुग्दै बिग्रिएको छ। स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको एम्बुलेन्सका चालकले तलव नपाएको, करारमा कार्यरत सात जना कर्मचारीले दुई महिनादेखि तलब नपाएको पनि गुनासो गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.