|

प्युठान : अल्ट्रा धावक तथा पर्वतारोही सन्जय पण्डितको शव  प्युठान ल्याइएको छ। सोमबार बेलुका अमेरिकाबाट काठमाडौं ल्याइएको शव मंगलबार हेलिकप्टरमार्फत गृहजिल्ला प्युठानको टिकुरीमा ल्याइएको हो। प्युठान नगरपालिका ७ टिकुरीमा उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली दिनेहरुको भीड लागेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा र किलर माउन्टने भनेर चिनिने मनास्लुसहित सात महादिपका सर्वोच्च शिखरहरु आरोहण गरिसकेका पण्डितको असार २ गते अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने क्रममा निधन भएको थियो।

उनको पार्थिव शरिरमा नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम, प्युठान नगरपालिकाका प्रमुख अर्जन कुमार कक्षपति, जिल्लाका राजनितिक दलका नेता, तथा गाउँ-गाउँबाट आएका सर्वसाधारणले माल्याअर्पण गरी सम्मान प्रकट गरे।

बुबा तेजप्रसाद मिश्रण र आमा पार्वता पन्डितका तीन भाइ छोरामध्ये कान्छो छोरा पण्डित प्युठान नगरपालिका ७ टिकुरीमा २०४५ फाल्गुन २६ गते जन्मिएका हुन्। पण्डितकी एक श्रीमती छन्। उनको अन्त्यष्टी मंगलबार राती गरिने भएको छ।

प्रधानमन्त्रीले ओडाए राष्ट्रिय झन्डा

प्युठान लैजानअघि काठमाडौंस्थित दशरथ रंगशालामा पण्डितको शव श्रद्धान्जलीका लागि राखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले त्यहाँ राष्ट्रिय झन्डा ओडाएर पण्डितप्रति श्रद्धान्जली अर्पण गरे। उपप्रधानमन्त्री कृष्णबहादुर महरा,गृहमन्त्री जनार्दन शर्मा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, गगन थापा लगायतका नेता, खेलकर्मी र सर्वसाधारणले उनीप्रति श्रद्धान्जली अर्पण गरे।

कस्ता किर्तिमान छन् पण्डितका नाममा ?

२९ वर्षका पण्डित पहिले अल्ट्रा धावक थिए। उनले २२ सय किलोमिटरको किर्तिमानी दौड पूरा गरेका छन्। त्यसपछि आरोहणमा लागेका पण्डितले सात महादेशका हिमाल चढेका छन्।

सन् २०१४ मा युरोपको उच्च शिखर एलब्रुसको चुचुरोमा पुगी माइनस ६० डिग्रीमा ६ मिनेट ३ सेकेण्डसम्म नागिंएर उनले विश्व किर्तिमानी कायम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.