|

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३/०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ।

विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेशनल सिमेन्ट, काठमाडौँ स्टील, ॐ गणपति इण्डट्रिज प्रालिलगायत छन्। 

विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पुर्‍याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको बताए।

एनएस चिह्न पाउनका लागि कुनै पनि कम्पनीले आफ्नो कम्पनीको आधिकारिक कागजातसहित विभागमा निवेदन दिएपछि र उत्पादित वस्तुलाई विभागमा ल्याएर गुणस्तर नाप्ने र फेरि निरीक्षण गरेपछि एनएस चिह्न प्रदान गर्ने गरिन्छ।

नेपाली उत्पादनमध्ये हालसम्म २१० वस्तुले एनएस चिह्न प्राप्त गरिसकेका छन्। एनएस चिह्न लिए पनि समयमा नवीकरण नगरेका कारण केही वस्तुका एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.