|

सिन्धुपाल्चोक : काठमाडौं र चीनसँगको सिमाक्षेत्र तातोपानी नाका जोड्ने लार्चा पुल भत्किएपछि तत्कालका लागि सवारी आवागमन खुलाउन जिल्ला प्रशासन कार्यालयले बेलिब्रिज निर्माण गर्ने भएको छ। भोटेकोसी गाउँपालिका वडा न ३ स्थित लार्चामा आइतबार साँझ बाढी–पहिरोका कारण पक्की पुल भत्किए थियो। त्यसयता तातोपानी–कोदारी क्षेत्र र काठमाडौंबीचको यातायत सम्पर्क टुटेको छ।

तातोपानी र लिस्ती जोड्ने लार्चा पक्की पुलमा माथिबाट पहिरो आउँदा पूर्ण रुपमा भाँचिएको छ। यातायात आवागमन बन्द भएपछि बेलिव्रिज तत्काल निर्माण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए।

‘फलामे पुल निर्माण गर्न केही सतह माथि उठाउन पर्ने भएको छ,’ प्रजिअ सिलवालले भने,‘जल तथा प्रकोप उद्दार केन्द्रबाट ३५ वटा जालि मगाई आजबाटै निर्माण सामाग्री ल्याउने काम सुरु गर्न निर्देशन दिएको छ।’

पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ।

पहिरोले पुल भाँचिएपछि तातोपानी वरपर क्षेत्रको बासिन्दाको जनजिवन प्रभावित  छ। स्थानीयलाई स्वास्थ्यमा समस्या आउन नदिन औषधि र स्वास्थ्यकर्मीको प्रवन्ध मिलाइएको प्रजिअ सिलवालले जानकारी दिएका छन्। 

अविरल वर्षासँगै अझै निरन्तर पहिरो खसिरहेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.