|

काठमाडौं : कांग्रेसले पार्टीका गुट/उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदैछ। सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो। यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ।

राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको उनीनिकट नेताले बताएका छन्। केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री एवं पार्टी सभापति देउवालगायत नेताले मंगलबार बिहानैदेखि मन्त्रिपरिषद् विस्तारका लागि कसरत गरेका थिए।

पार्टीको संस्थापन पक्षसँग ४० प्रतिशत भाग माग गरेको पौडेल समूहसँग सहमति जुटे पनि कुन-कुन मन्त्रालय दिने भन्ने विवाद सुल्झन नसकेको नेताहरू बताउँछन्। पौडेल समूहले बलबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित चार जनाको नाम पठाउन खोजेपछि केसीको नाममा समूहभित्रै विवाद भएको थियो। प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुका साथै भौतिक मन्त्रालय आफूनिकटलाई दिने अडान लिएपछि पौडेल समूहले केसीको नाम हटाएको थियो। सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थियो।

पौडेल समूहले कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेपछि विवाद भएको थियो। त्यसपछि उक्त समूहले साढे ५ बजे मात्र चार जना नयाँ अनुहार मन्त्रीका लागि सिफारिस गरेको देउवा समूहको दाबी छ।

मन्त्री बन्नेको सम्भावित सूची
पौडेल समूह
रामकृष्ण यादव
राजन केसी
सञ्जय गौतम
यज्ञबहादुर थापा

देउवा समूह
मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत

खड्का समूह
मोहनबहादुर बस्नेत

सिटौला समूह
भीमसेनदास प्रधान

माओवादी केन्द्र

गिरिराजमणि पोखरेल

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल

महेन्द्रबहादुर शाही

श्यामकुमार श्रेष्ठ

महिलामा सीता नेपाली वा आशा खनालमध्ये एक ।

लोकतान्त्रिक फोरम

जितेन्द्र देव

गोपाल दहित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.