|

सिन्धुपाल्चोक : जिल्ला वन कार्यालयले पहिरोबाट जोखिम देखिएका जिल्लाका हरेक स्थानमा वृक्षरोपण गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ। सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहका हरेक वडामा जिल्ला वन कार्यालयले विरुवा उपलब्ध गराएको छ। 

यस्तै जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकले जिल्लाका विभिन्न जोखिययुक्त बस्ती र बाँझो जग्गामा वृक्षरोपण गरेको छ । जिल्ला वन कार्यालय तथा मातहतका इलाका वन कार्यालयहरुसँग समन्वय गरी मञ्चले विरुवा उपलब्ध गराई जोखिम देखिएका बस्तीहरुमा विरुवा वितरण गरी वृक्षारोपण गरेको छ। 

मञ्चले जिल्लाका वन कार्यलयहरूमा समन्वय गरी स्थानीय नागरिकहरुसँग सहमती गरी जोखिम युक्त स्थान र बाँझो जग्गामा वृक्षरोपण गरेको कारण खेर गएको जमिनको सदुपयोग पनि भएको र पहिरोको जोखिमबाट पनि बच्न सहयोग पुगेको इन्द्रावती गाउँपालिका–४ नवलपुर निवासी गीता श्रेष्ठले बताइन्। 

भविष्यमा आम्दानीका स्रोत  सुनिश्चित गर्न खाली जग्गा जमिनमा वृक्षरोपण गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउन स्थानीयलाई उर्जा र हौसला प्रदान गर्न यो कार्यक्रम गरिएको जिल्ला भूमि अधिकार मञ्चका कार्यक्रम संयोजक माधव ढकालले बताए ।

मञ्चले अमला, तेजपात, खयर , सल्ला, इपिल, किम्बु, धुपी, बडर, खनायो जस्ता विभिन्न जातको  दुई हजार भन्दा बढी बिरुवाहरु जिल्ला वन कार्यलयसँग समन्वय गरी गाती, राम्चे, धुस्कुन, नवलपुर र बाँडेगाउँमा वितरण गरेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.