|

जाजरकोट : विद्यालयको लापरबाहीले गर्दा विद्यार्थी पढ्ने कक्षाकोठाहरु गाइगोठको रुपमा परिणत भएका छन्। जंगलमा खुला छोडिएका पशु चौपायले गर्दा जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेचौरमा रहेको सरस्वती प्राथमिक विद्यालयको विद्यार्थी पढ्ने कक्षाकोठाहरु गाइगोठको रुपमा परिणत भएका हुन्।

चरनका लागि जंगलमा छोडिएका गाई गोरुहरु विद्यालयको कक्षाकोठमा बस्ने गरेका छन्। विद्यालयको चरम लापरबाहीका कारण खुला छोडिएका पशुचौपायहरुले उक्त विद्यालयलाई आफ्नो चरनक्षेत्र र  वासस्थान बनाएका हुन्।  विद्यार्थीले पढने कोठाहरु गाईगोठको रुपमा परिणत हुँदा यहाँका विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ।

वर्षातको समयमा, झरिपर्ने र भवन जीर्ण भएर चुहिने समस्याले गर्दा झ्याल, ढोका सडेर पशुचौपाया भित्र छिरेको  विद्यालयका विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष शक्तिबहादुर थापाले बताए।अब विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालयका कक्षाकोठा मर्मत गरेर गाई गोठका रुपमा हुने अवस्था दोहोरिन नदिने जानकारी दिए।

विद्यालयको गैरजिम्मेवारी पन तथा भवन जीर्ण भएकै कारणले विद्यालयका कक्षाकोठामा ढोकापल्ला नलगाउँदा गाइवस्तुहरु विद्यालयमा बस्ने गरेको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए।

यस विषयमा तत्काल विद्यालय व्यवस्थापन समिति र विद्यालयमा कार्यरत शिक्षकहरु लाई सोधपुछ गरी विद्यालयमा भएको फोहोर हटाउन जानकारी दिइएको उनले सुनाए। विद्यार्थी बस्ने कक्षाकोठामा फोहोर हुँदा विद्यालयमा पढाइ सुचारु हुन नसकेको अभिभावक कर्ण बहादुर थापाले बताए।

‘साउन ५ गतेबाट जाजरकोटका विद्यालयमा पढाइ सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले जाजरकोट जिल्लाका सबै विद्यालयलाई निर्देशन गरिसकेको छ, यो अवस्थामा कुशे गाउँपालिका-५ बाटुलेचौरमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरु कसरी गाईको गोबरले भरिएको कक्षाकोठामा पढ्न सक्छन्’ उनले भने।  सार्वजनिक सम्पतिप्रति स्थानीय समुदायले बेवास्ता गर्दा विद्यालयका कक्षाकोठा गाई गोठको रुपमा परिणत भएको थापाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.