|

कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाका निर्वाचित अध्यक्ष डम्बरबहादुर शाहीले जनताका समस्या, आवश्यकता विषयमा गाउँपालिकामा प्रत्येक महिना जनतासँग प्रत्यक्ष कार्यक्रम चलाउने भएका छन्। स्थानीयको आवश्यकता, प्राथमिकता लगायतका अन्य समस्या बुझ्न जनतासँग प्रत्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

गाउँपालिका भित्रका जनताका समस्या स्थानीय आवश्यकता र जनतामा के कसरी जान सकिन्छ भनेर जनतासँग जनप्रतिनिधि प्रत्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘जनताको मत पाएर जितेपछि आफुले जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका छौं।’ उनले भने,‘जनतासँग प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकता विषयहरु छलफल हुनेछन्।’

जनतासँग प्रत्यक्ष जनप्रतिनीधि कार्यक्रममा स्थानीय उत्पादन कसरी वृद्धि गर्न सकिन्छ, स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, कसरी समृद्ध गाउँपालिका बनाउने, स्थानीय मागमा आधारित कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने गाउँपालिकाका अध्यक्ष शाहीले बताए। ‘स्थानीयमा मागहरुलाई सम्बोधन गर्न पनि जनतासँग प्रत्यक्ष जनप्रतिनिधि जान आवश्यकता रहेको छ।’ उनले भने,–‘त्यसैले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.