|

काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बन्दै गरेको होटलमा एकजना मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धुलिखेल ८ स्थित बन्दै गरेको सारथि होटलमा ज्यामी काम गर्दै आएको अन्दाजी वर्ष ४० को कुमार पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवीनराज राईले बताए।

उनको स्थायी ठेगाना सप्तरी जिल्ला रहेको प्रहरीले जनाएको छ। ‘के कारणले मृत्यु भयो भन्ने कुरा खुलेको छैन, शरीरमा कुनै चोटपटक देखिँदैन, प्रहरीले अनुसन्धान गरिरहेको छ।’ राईले भने, ‘पोस्टमार्टमपछि थाहा हुन्छ।’ शव पोस्टमार्टका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.