|

जुम्ला : जुम्लाका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, तातोपानीमा सात करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार रुपैयाँ बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा भएको छ । वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार रुपैयाँ बजेट निकासा गरिएको अर्यालले बताए। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.