मिश्र र थापा सह‍-संयोजक, पार्टी बैठकमा अध्यक्षता मिश्रले गर्ने

|

काठमाडौं : रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपालीबीच एकीकरण भएर 'विवकेशील साझा पार्टी' गठन भएको छ। एकीकरणबाट गठित पार्टीमा ३४ सदस्यीय केन्द्रीय सिमित गठन गरिएको छ।

केन्द्रीय समितिमा एकताअघिका दुवै पार्टीका १७/१७ जना समेटिएका छन्। केन्द्रीय समितिलाई विस्तार गरेर महाधिवेशन अघि ५१ सदस्यसम्म पुर्‍याउन सकिने एकता घोषणा कार्यक्रममा जानकारी दिइयो।

पार्टी सञ्चालनका लागि ८ सदस्यीय संयोजन समिति गठन गरिएको छ। सामूहिक नेतृत्व प्रणालीलाई अंगिकार गरेर गठित संयोजन समितिमा मिश्र र थापा सह-संयोजक छन्। बैठकहरुको अध्यक्षता मिश्रले गर्नेछन्।

संयोजन समितिमा मिश्र र थापाका अलावा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सुरज आचार्य सदस्य छन्। खनाल केही महिनाअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएका थिए। उनी माओवादी आन्दोलनमा समेत सरिक भएका व्यक्ति हुन्।

यस्तो छ केन्द्रीय समिति:

रवीन्द्र मिश्र, उज्ज्वल थापा, अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सुरज आचार्य, अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला। चारजना पछि थपिने छन्।

केन्द्रीय सदस्यमध्ये किशोर थापा र रञ्जु दर्शना काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार थिए। यस्तै निरुपमा यादव उपप्रमुखको उम्मेदवार बनेकी थिइन्। रमेश महर्जन ललितपुर महानगरपालिका प्रमुख र शोभा शाक्य उपप्रमुख पदको उम्मेदवार बनेका थिए। 

यस्तै प्रकाशचन्द्र परियारले इटहरी उपमहानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.