|

दाङ : जिल्ला समन्वय समिति दाङको आर्थिक वर्ष ०७३/७४ मा ६ करोड १७ लाख ६२ हजार ८९ रुपैयाँ खर्च नभएर फ्रिज भएको छ। जिल्लाका विभिन्न शीर्षकका आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेर फ्रिज भएको स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले बताएका छन्।

सोमबार भएको वार्षिक  समीक्षा कार्यक्रममा स्थानीय विकास अधिकारी जिसीले आर्थिक वर्ष ०७३/०७४ को कुल वार्षिक बजेट ५५ करोड ८४ लाख २५ हजार ८ सय ६१ रुपैयाँ ५९ पैसा रहेकोमा ५२ करोड ७१ लाख २० हजार, ६ सय ८४ रुपैयाँ ९७ पैसा खर्च भएको बताएका छन्।

जसमध्ये खर्च नभएर ३ करोड १३ लाख ५ हजार १ सय ७६ रुपैयाँ ६२ पैसा फ्रिज भएको जिसिले जनाएका छन्। पुँजीगततर्फ २३ करोड ८६ लाख ९३ हजार, ६ सय ५९ रहेकोमा २० करोड ८२ लाख २६ हजार ७ सय ४६ खर्च भएको छ भने तीन करोड ४६ लाख ६ हजार ९ सय १३ रुपैयाँ फिर्ता भएको स्थानीय विकास अधिकारी जिसीले जानकारी दिएका छन्। सामाजिक सुरक्षा तर्फ एक करोड एक लाख ७६ हजार ५ सय ३५ रुपैँया फ्रिज भएको छ।

यो आर्थिक वर्षमा लक्ष्य अनुसारको काम गर्न सफल भएको स्थानिय विकास अधिकारी जिसीले दाबी गरे। कुनै पनि बिकासका कामहरु समय सकिँदासम्म नगर्ने परिपाटिले योजना कार्यान्वयनमा समस्या आउने गरेको छ र यसमा सुधार ल्याउन सबैसरोकार वालाहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रहसमेत गरेका छ्न।

कार्यक्रममा  विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष ०७३/७४ को प्रगति विवरण प्रस्तुत गरेका थिए। सो कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जिल्लाको विकास बजेट खर्च ८९ दशमलव ०८ प्रतिशत रहेको भन्दै यसलाई निर्धारित लक्ष्यमा पुर्‍याउन सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.