|

कालिकोट : ४ दिनदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग बुधबारबाट सुचारु भएको छ। अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो पन्छाएपछि खुलेको हो।
कालिकोट र दैलेख सीमा क्षेत्र दैखोलादेखि घट्टेखोलासम्मको सडक क्षेत्रमा ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध थियोे।

पहिरो हटाएपछि सडक खुलेको जिल्ला ट्राफिक कार्यालय कालिकोट प्रमुख सुजन पन्तले बताए। 

‘करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो,’ उनले भने। गत आइतबार साँझ ६ बजेतिर खसेको पहिरोका रोकिएका यातायात साधन र यात्रुहरु राजमार्ग सन्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.