|

काठमाडौँः नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बुधबार शपथ ग्रहणपश्चात पदभार पनि ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले संविधानले मौलिक हकका रुपमा जनतालाई दिएका सबै स्वास्थ्यसम्वद्ध सेवा सुविधालाई उच्च प्राथमिकता दिने बताए।

मन्त्री पोखरेलले भूकम्पले भत्काएका र हालसम्म बन्न नसकेका स्वास्थ्य संरचना निर्माणमा प्राथमिकता दिइने पनि उल्लेख गरे।

आधारभूत स्वास्थ्यसेवाले नसमेटेका कुराहरु स्वास्थ्य बीमामार्फत समेट्ने र संघीयतामा आवश्यक पर्ने स्वास्थ्य नीति तर्जुमा गरी लागू गर्ने उनको भनाइ थियो।

नसर्ने रोगको जोखिम बढिरहेका बेला यसको न्यूनीकरणका लागि आवश्यक काम गर्ने योजना पनि उनले सुनाए।

स्वास्थ्यसेवा सुधारका लागि विभिन्न माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको ११औँ अनसनबारे बोल्दै मन्त्री पोखरेलले त्यसलाई संबोधन गर्नका लागि आफ्नो मन्त्रालय र अन्य मन्त्रालयसँग छलफल गर्ने बताए।

स्वास्थ्यमा भएको सीमित जनशक्तिलाई व्यवस्थित गर्दै औषधि र उपकरणको अभावको संबोधनका लागि बहुवर्षीय योजना बनाई लागू गर्ने योजना मन्त्री पोखरेलको रहेको छ।

उनले सरकारले दिने भनेको निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी कार्यान्वयन गर्न उच्च प्राथमिकता दिने पनि उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.