|

उदयपुर : त्रियुगा नगरपालिका ११ स्थित चपनमा बुधबार बिहान ट्रयाक्टर दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ। खोलाबाट ढुंगा लोड गरेर गाउँतर्फ लाँदै गर्दा स १त २०१० नम्बरको ट्रयाक्टर उकालो चढ्ने क्रममा अचानक पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रियुगा नगरपालिका ११ बस्ने २३ वर्षिय चालक मनोज परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नरबहादुर केसीले बताए। ट्रयाक्टरको अगाडीको भागले चालक परियारलाई किच्दा घट्नास्थलमा नै उनको मृत्यु भएको केसीको भनाइ छ। 

जिल्ला अस्पताल बोक्सेमा मृतकको शव पोष्ट मार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.