|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा थपिएका १९ जना मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ सपथ लिएका छन्।

गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। अब मन्त्रिपरिषदको संख्या २७ सदस्यीय भएको छ। विस्तारित मन्त्रिपरिषदका अधिकांश सदस्य नयाँ अनुहार छन्। मन्त्रिपरिषदमा तीन जना महिला मन्त्री छन्। प्रधानमन्त्रीले बुधबार नै जिम्मेवारी हेरफेर र कार्यविभाजन समेत गरेका छन्।

मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, माओवादीबाट ६ जना, नेपाल लोकतान्त्रिक फोरमबाट २ जना  नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका छन्।

गिरिराजमणि पोखरेल : यसअघि पनि स्वास्थ्य मन्त्री भैसकेका पोखरेल खोटाङको खार्पामा जन्मिएका हुन्। महोत्तरीको गौरीवासमा स्थायी बसोबास गर्दै आएका उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादीका सांसद हुन्।

जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री देव सप्तरीको बोरियामा जन्मिएका हुन्। पहिला पनि यो मन्त्रालय सम्हालेका उनी लोकतान्त्रिक फोरमका सांसद हुन्।

गोपाल दहित : भूमिसुधार मन्त्री दहित बर्दियाको नयाँ गाउँमा जन्मिएका हुन्। उनी तत्कालीन थरुहट तराई पार्टी नेपालबाट संविधान सभा सदस्य निर्वाचित भएका हुन्। पार्टी एकीकरणपछि उनी लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन्।

मोहनबहादुर बस्नेत : सञ्चारमन्त्री बस्नेत सिन्धुपाल्चोकको बाह्रबीसेमा जन्मिएका हुन्। यसअघि राजयमन्त्री भइसकेका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस सांसद हुन्। उनी २०५६ सालमा पनि प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए।

रामकृष्ण यादव : धनुषाको औरहीमा जन्मिएका यादव कृषि मन्त्री हुन्। उनी धनुषा क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन्।

महेन्द्र यादव : खानेपानी तथा सरसफाई मन्त्री यादव धनुषामा जन्मिएका हुन्। उनी समानुपातिक तर्फका सांसद हुन्।

अम्बिका बस्नेत : काठमाडौं महानगरपालिका ६ मा जन्मिएकी बस्नेत सहकारी तथा गरिवी निवारण मन्त्री हुन्। उनी कांग्रेसबाट मनोनित सांसद हुन्।

वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री  बलायर डोटीको लाटामाण्डौमा जन्मिएका हुन्। उनी कांग्रेसको तर्फबाट डोटी क्षेत्र नम्बर १ बाट संविधान सभामा निर्वाचित भएका हुन्।

मीनबहादुर विश्वकर्मा : भोजपुरको टक्सारमा जन्मेका विश्वकर्मा बाणिज्यमन्त्री हुन्। उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। 

यज्ञबहादुर थापा : कास्कीको साविक लेखनाथ ५ मा जन्मिएका थापा कानुन, नयाय तथा संसदीय मामिला मन्त्री हुन्। उनी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

भीसेनदास प्रधान : काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रधान कांग्रेस काठमाडौंका पूर्वसभापति समेत हुन्। देउवाको क्याबिनेटमा रक्षा मन्त्रालय सम्हालेका उनी त्रिभूवन विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापकसमेत हुन्।

सञ्जयकुमार गौतम : बर्दियाको गुलरियामा जन्मेका गौतम सिँचाइ मन्त्री हुन्। उनी कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

राजेन्द्रकुमार केसी : काठमाडौंको कीर्तिपुरमा जन्मेका केसी युवा तथा खेलकुद मन्त्री हुन्। उनी काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद हुन्। २०७० सालको निर्वाचनमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए।  

टेकबहादुर बस्नेत : समान्य प्रशासन मन्त्री बस्नेत सल्यानको सल्यानको कौटमौलामा जन्मेका हुन्। उनी माओवादी केन्द्रका तर्फबाट सल्यान क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका हुन्।

शिवकुमार मण्डल : मोरङको विराटनगर १ मा जन्मेका मण्डल आपूर्तिमन्त्री हुन्। उनी मोरङ क्षेत्र नम्बर ४ बाट माओवादीका तर्फबाट निर्वाचित हुन्।

महेन्द्रबहादुर शाही : कालीकटोको साविक नानीकोटमा जन्मेका शाही उर्जामन्त्री हुन्। उनी माओवादीका रत्फबाट कालीकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

आशा कोइराला : गोरखाको नारेश्वरमा जन्मेकी कोइराला महिला तथा बालबालिका मन्त्री हुन्। उनी माओवादीका तर्फबाट समानुपातिक सांसद हुन्।

सन्तकुमार थारु : बर्दियाको बनियाभारमा जन्मिएङ्का थारु पशुपंक्षी मन्त्री हुन्। उनी माओवादीका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

मिथिला चौधरी : चौधरी नेकपा संयुकतका तर्फबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी हुन्। उनी समानुपातिक सांसद हुन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.