|

गुल्मी आर्थिक वर्ष २०७३\०७४ मा ट्राफिक कारवाहीबाट ३२ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जिल्लामा गत वर्षभन्दा दोब्बर बढीले राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा एक वर्षको अन्तरालमा ५ हजार २ सय ९२ सवारी साधन कारबाहीमा परेका छन्। जिल्लामा ट्रकबाट २ लाख ७६ हजार, बसबाट ३ लाख ९७ हजार, जीपकारबाट १० लाख २० हजार ४ सय, ट्याक्टरबाट १ लाख ९० हजार र मोटरसाइकलबाट १३ लाख १७ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

सवारी साधनले ट्राफिक नियम मिचेर सवारी बढी राख्ने, बिलबुक, लाइसेन्स साथमा लिएर नहिने, सवारी बोक्ने गाडीमा ओभरलोड सामान राख्ने जस्ता सवारी साधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए। 

जिल्लामा एक वर्षमा ट्रकबाट ७ सय ५ वटा, बस ३ सय ४६ ट्याक्टर ३ सय ४६ जिप, एक हजार ४ सय ३८ कार र २ हजार ४ सय ३७ मोटरसाइकल ट्राफिक नियमविपरीत सञ्चालनको क्रममा कारबाहीमा परेको प्रमुख श्रेष्ठले जानकारी दिए।

गत आर्थिक वर्ष २०७२\०७३ मा जिल्लामा १६ लाख १४ हजार ६ सय राजस्व संकलन भएको थियो। जिल्लामा ३ हजार ७ सय ४० वटा सवारी कारबाहीमा परेका थिए। 

एक वर्षमा २१ वटा सवारी दुर्घटना 

गुल्मीमा आर्थिक वर्ष २०७३\०७४ को एक वर्षमा २१ वटा सवारी साधन दुर्घटनामा परेका छन्। ट्रक २ वटा, बस २ वटा, जिप ७ वटा मोटरसाइकल ३ वटा, ट्याक्टर ७ वटा गरी २१ वटा सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। 

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

आर्थिक वर्ष २०७३\०७४ मा जिल्लामा सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा  ७ पुरुष, ३ जना महिला र १ जना बालकको मृत्यु भएको हो। सवारी दुर्घटनाबाट २६ जना गम्भीर घाइते र १६ जना सामन्य घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.