१८ देशमा निर्यात, ४२ देशमा आयात मात्रै

|

काठमाडौं: चालु आर्थिक वर्षको छ महिनामा नेपालले विश्‍वका १४२ राष्ट्रसँग व्यापार गरेको छ । १४२ मध्ये अधिकांश राष्ट्रसँग नेपालले घाटाको व्यापार गरिरहेको छ।

नेपालले कारोबार गर्नेमध्ये ३६ देश यस्ता छन्, जहाँबाट एकतर्फी (आयात वा निर्यात) मात्रै व्यापार भएको छ। जसमध्ये ३० राष्ट्रसँग आयात मात्रै भएको छ वा एक रुपैयाँको सामान पनि नेपालले पठाउदैन तर ल्याउने भने गरेको छ । त्यस्तै व्यापार गर्ने छ राष्ट्रबाट भने नेपालले एक रुपैयाँको पनि सामान ल्याउदैन तर पठाउने भने गरेको छ।  

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ९२ प्रतिशत हिस्सा आयातको छ भने करिब ८ प्रतिशत हिस्सा निर्यातको रहेको छ। तर केही राष्ट्र त्यस्ता छन् जहाबाट नेपालले व्यापार नाफा पनि गरेको छ। केही राष्ट्र त्यस्ता छन् जहा नेपालले सामान पठाउन मात्रै । 

निर्यात मात्रै हुने ६ राष्ट्र

कुन कुन हुन् नेपालले सामान निर्यात मात्रै गर्ने राष्ट्र?

नेपालले व्यापार नाफा गर्ने ३२ राष्ट्रमध्ये  ६ राष्ट्रबाट आयात व्यापार भएको छैन। अर्थात् नेपालले सामान पठाउनेमात्रै गर्छ। ती ६ राष्ट्रमा ४ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको  कारोबार गरेको छ। यी राष्ट्रहरुमा न्यु क्यालेडोनिया,  बहामास, पूर्वी टिमोर, छड, यमन र नाइजेरिया रहेको छन्। 

आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा ६ राष्ट्रमा कति मूल्य बराबरका सामान गए?

देश

निर्यात भएको सामानको मूल्य (रूपैयाँमा)

न्यु क्यालेडोनिया

६१,९२,०००

बहामास

१०,३९,०००

पूर्वी टिमोर

२, २९,०००

छड

२५,२५,०००

एमन

९१,००,०००

नाइजेरिया

२,४९,९७

जम्मा देश ६

४,४०,८२,०

नेपालले व्यापार गर्न राष्ट्रहरुमा ३० राष्ट्रबाट भने सामान आयात गरिन्छ तर निर्यातको परिणाम शून्य छ। साथै आयात निर्यात दुवै व्यापार गरिने ११० राष्ट्रहरुमा २६ राष्ट्रसँगमात्रै व्यापार नाफामा छ। यी २६ राष्ट्रमा कुल व्यापार ६५ करोड ७३लाख ५९ हजार रुपैयाँको कारोबार गरेकोमा आयातको तुलनामा निर्यात २० करोड ८३ लाख ७२ हजार रुपैयाँ बढी छ।

यी हुन् नेपालले आयतभन्दा निर्यात गर्ने २६ राष्ट्र, कहाँ कति व्यापार? कति नाफा?

देश

आयात निर्यात व्यापार

नाफा

डेनमार्क

३२,०७,२५, ०००

९,७३,२८,०००

लाटभिया

३,०७,२४, ०००

५,९५,०००

नर्वे

१८,८४,५४, ०००

53034

अल्जेरिया

८५,९५, ०००

३१,३९,०००

ग्रीक

२,६६,३५, ०००

१,०१,२३,०००

क्रोएसिया

८७,३५, ०००

६८,२९,०००

लेवनन ४४,७१,००० ४,९२,०००
क्यामरुन १,३८,७९,००० १,००,२९,०००

एस्टोनिया

६९,८२, ०००

४८,२९,००

केन्या

२२,९४, ०००

१०,५२,०००

सिरिया लियोन

५८,७९, ०००

४९,६५,०००

कोलम्बिया

२३,७५, ०००

२३,६७,०००

आभोरी कोस्ट

४४,९०, ०००

३६,५२,०००

बोस्‍निया

१३,१४, ०००

८,६५,०००

सुडान

२१,०८, ०००

१७,६८,०००

माल्दिभ्स

२,२४,७४,०००

२,२०,८८,०००

अफगानस्तान १८,५४,००० १५,१८,०००
सेनेगल २,८६,००० ४६,०००
मोङगोलिया ३,५६,००० १,३७,०००
मौरिसस् ८,१७,००० ६,८६,०००
कङ्‍गो २,१७,००० १,६६,०००
उरुग्गे ७,४७,००० ७,३४,०००
मालावी १,२०,००० १,०६,००
काजकिस्तान १४,१३,००० १४,१०,०००
लिवेरिया ४,८५,००० ४,८४,०००

जम्मा: १४

६५,७३,५९,०००

२०,८३,७५,०००

र, यो पनि

चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ४.०४ प्रतिशतले घटेको छ। ६ महिनाको अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँको आयात भएको छ। जवकि गत वर्ष सोही अवधिमा सात खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

आयात घट्नुका साथै निर्यात बढेको छ। निर्यात वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ। ६ महिनाको अवधिमा ५७ अर्ब २७ करोडको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको भएकव थियो। यस हिसावले निर्यात १२ अर्ब बढेको छ।

आयात घटेको र निर्यात बढेको अवस्थामा व्यापार घाटा ६ प्रतिशतले कमि आएको छ। गत वर्ष ६ महिनको अवधिमा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै रहेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष भर नै निर्यात वृद्धिदरले निरन्तरता पाउने र आयात केही घट्ने बताएका छन्।

भन्सार विभागका महानिर्देशक समुन दाहाल पनि आयातलाई निरुत्साहित गरिएकै कारण कमि आएको बताउछन्। '२० प्रतिशतको आयात वृद्धिदर हुन् गरेकोमा चालु आर्थिक वर्षमा निरन्तर कमी आएको छ, सरकारले आयातलाई केही निरुत्साहित गरेको र स्वदेशी उद्योलाई प्रवर्द्धन गरेकै कारण यो तथ्यांक हासिल भएको हो’, दाहालले भने।

चालु आर्थिक वर्षको पहिलो महिना देखि आयात घटेको छ। पहिलो महिना ११ प्रतिशतले कमी आएपनि ६ महिनासम्म आइपुग्दा ४.०४ प्रतिशत मात्रै कायम भएको छ।

यो अवधिमा सबैभन्दा ६१ प्रतिशत आयात व्यापार र ७० प्रतिशत निर्यात व्यापार भारतबाट मात्रै भएको छ। भारतबाट चार खर्ब २३ अर्बको आयात व्यापार हुदा ४० अर्बको निर्यात व्यापार भएको छ। भारतसँग मात्रै ३ खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ।

चीनसँग एक खर्ब १८ अर्बको आयात व्यापार र एक अर्ब निर्यात व्यापार भएको छ। चीनसँग निर्यात भन्दा आयात ११८ गुणा बढी छ भने भारतसँग १५ गुणाले बढी छ।

१२ अर्ब ५३ करोड १७ लाख रुपैयाँको डिजेल र नौ अर्ब ४९ रकोड ९० लाख रुपैयाँको आयात भएको छ। त्यस्तै निर्यात तर्फ सबैभन्दा बढी सबैभन्दा बढी पाम तेलको रहेको छ।

निर्यातमा २२ प्रतिश हिस्सा पाम तेलको रहेको छ। पुस २३ गतेबाट भने भारत सरकाले पाम तेलको आयातमा प्रतिवन्ध लगाएसँगै निर्यात वृद्धिदरमा असर पार्ने अर्थविद्हरूको भनाई रहेको छ। तर आयात खुलाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.