|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्चमा परेको मुद्दामाथिको सुनुवाई बिहीबार पनि हुँदैछ। गएको मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएकोमा बिहीबार पनि सुनुवाइ हुन लागेको हो।

पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुँदै आएको छ। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकोमा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चमा पुगेको हो। महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । 

वडा नं. २० को मतगणना बाँकी रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने एमालेले मतगणना जारी राख्नुपर्ने बताएको छ। निर्वाचन आयोगले १९ नम्बरमा पुनः मतदान गर्न अादेश दिएपछि एमाले सर्वाेच्च अदालत गएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.