|

  • मिला दरै

तनहुँ : तनहुँको दमौलीस्थित जिल्ला स्वास्थ्य कार्यालयमा एक्स-रे मेसिन बिग्रिँदा सेवाग्राहीहरू मर्कामा परेका छन्। जिल्ला अस्पतालको करिब ३६ लाख रुपैयाँको अत्याधुनिक एक्स-रे मेसिन जडान गरेको ५ महिना नहुँदै बिग्रिएको हो। गत फागुनमा जडान गरिएको मेसिन गत असार २३ गतेदेखि काम नलाग्ने भएको हो।  

अस्पतालमा बिरामीहरूले एक्स-रे गर्दा न्यूनतम १७५ देखि २०० रुपैयाँसम्म शुल्क तिर्ने गरेका थिए। तर बाहिर  एक्स-रे गर्दा महँगो शुल्क तिर्न उनीहरू बाध्य छन्।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. पवनजंग रायमाझीले मेसिन मर्मतका लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई जानकारी गराएको बताए। 'पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयबाट प्राविधकहरू आएर निरीक्षण र मेसिनको बिग्रिएको पार्टपुर्जाको टिपोट लिएर गएका छन्, तर मेसिनरी सामग्रीहरू नेपालमा नपाइने भएकाले बन्न समय लाग्छ', रायमाझीले भने। उनले एक्स-रेका सबै प्रकारका सेवाहरू अस्पतालले प्रदान गर्दै आएको  बताए।

'दैनिक १५/२० जना सेवाग्राहीहरू एक्सरे गर्न आउँछन्, अस्पतालमा मेसिन बिग्रिँदा बाहिर महँगो तिरेर एक्स-रे गर्नुपर्ने  बाध्यता भयो', अस्पतालका रेडियोग्राफर विज्ञान क्षेत्रीले भने।

गत फागुनमा मेसिन जडान गरेसँगै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले क्षेत्रीलाई करारमा खटाएको थियो। उनको करार असार मसान्तदेखि सकिएको छ। अस्पतालमा रेडियोग्राफर पद रिक्त छ।

स्वास्थ्य कार्यालय तनहुँमा लमजुंग, गोरखा लगायतका जिल्लाहरूबाट समेत सेवाग्राही आउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.