|

सोलुखुम्बु :  लिखुपिके गाउँपालिका २ का नवनिर्वाचित वडा सदस्य मणिराज बस्नेतलाई काम कारबाही अघि बढाउन अदालतले बाटो खोलिदिएको छ। नेपाली कांग्रेसबाट निर्वाचित बस्नेतविरुद्ध प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुर्यबहादुर बस्नेतले फजुल मतका साथ विजयी भएको भन्दै उच्च असार २८ गते उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा मुद्दा रिट दायर गरेका थिए।

उक्त रिट उपर अदालतले प्रारम्भिक सुनुवाई गर्दै मतणनना स्थलमै पुनः मतगणना हुनुपर्ने नभनिएको, निर्वाचित जनप्रतिनिधि सदस्यले सपथ ग्रहण गरिसकेको र विजयी भएको प्रमाण पत्र समेत लिइसकेको अवस्थामा नियमित कामकाज गर्न रोक्न नमिल्ने आदेश दिएको थियो।

बुधबार अदालतका वरिष्ठतम न्यायाधीश टेकबहादुर नेपाल र न्यायाधीश ऋषिराम दवारीको संयुक्त इजलासले रिट उपर सुनुवाई गर्दै काम कारबाही नियमित रुपमा अघि बढाउन आदेश दिएको हो। बस्नेतले माओवादी उम्मेदवारलाई ७ मतले पछि पार्दै विजयी भएका थिए। उक्त रिटको अर्को पेशी भने साउन २९ गतेका लागि तोकिएको छ।

यस्तै सोही गाउँपालिका ४ का वडा अध्यक्ष हिक्मत बस्नेतलाई पनि अदालतले नियमित काम अघि बढाउन अदालतले अन्तरकालिन आदेश दिएको छ। नेकपा एमालेबाट उम्मेदवार बनेका बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरज बस्नेतलाई २ मतान्तरले पछि पार्दै विजयी भएका थिए। उक्त रिटको आगामी साउन ३१ गतेको लागि पेशी तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.