|

गोरखा : डाक्टरको सिफारिसमा मात्रै बिक्री गर्न पाइने औषधि सिफारिसविनै बिक्री गर्ने मेडिकल सञ्चालकलाई प्रहरीले पालुङटारबाट पक्राउ गरेको छ। नाफाडोल ५०, कोफटाब डी नाम औषधि सन्तोष परियार नाम गरेका व्यक्तिलाई उपकार मेडिकल हलबाट बिक्री गरिएको थियो।

सो औषधि सेवन गरेर नसाको तालमा लठ्ठीँदै हिडेका परियारलाई प्रहरीले भेटेपछि प्रतिबन्धित औषधि बिक्री गरेको खुलेको थियो। ‘प्रहरी नियमित गस्तीमा थियोे, पालुङटार नगरपालिका–५ मा गस्तीमा रहेका बेला लठ्ठ परेर हिँडिरहेका सन्तोष परियारलाई भेटेपछि सोधपुछ गर्दा उपकार मेडिकल हलमा चेकजाँच गराएर औषधि खाएपछि यस्तो भएको बताए,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले भने, ‘त्यसपछि मेडिकलवालालाई पक्राउ गरिएको हो।’

संगीता नेपालीको नाममा दर्ता रहेको सो मेडिकलबाट औषधि वितरक तिलकबहादुर अछामीलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए। त्यसक्रममा प्रहरीले सोही नामका औषधिहरु बरामद गरेको छ।

सो औषधि चिकित्सकको सल्लाहविना बिक्री गर्न नपाइने जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुलीले बताए। पक्राउ परेका व्यक्तिमाथि औषधि ऐन २०३५ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.